सिलगढीको नयाँ बजारमा दुई दिने ओजन-माप निरीक्षण तथा नविनीकरण लाइसेन्स शिविरको आयोजना गरिने

सिलगढी : सिलगढीको नयाँ बजारमा आगामी 8 9 अप्रेलको दिन ओजन-माप निरीक्षण तथा नविनीकरण लाइसेन्स शिविरको आयोजना गरिने भएको छ। नयाँ बजारमा मेसर्स गजानन्द सरियाको आँगनमा विधिक माप अधिकारीको उपस्थितिमा उक्त दुई दिवसीय शिविरको आयोजना गरिने छ भने उक्त शिविर बिहान 10 बजीदेखि साँझ 5 बजीसम्म चल्नेछ। यस शिविरमा सिलगढी मर्चेन्ट एसोसिएशनका अध्यक्ष सुनील अग्रवाल, सचिव सञ्जय सिंहल र कोषाध्यक्ष  सुभाष अग्रवाल उपस्थित रहने छन्। उक्त दुई दिवसीय शिविरको लाभ उठाउनको लागि पवन राठी :  98320 96987, भविश सरावगी: 94340 3 5 6 7 0, अरविन्द सोनी: 98323 35670, विकास पारिक: 96098 01171 सित सम्पर्क गर्न सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *