सिलगढीको नौकाघाटमा सडक दुर्घटनामा व्यक्तिको मृत्यु

सिलगढी : सिलगढीको नौकाघाट इलाकामा सडक दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति सिलगढीको हैदरपाडा निवासी 48 वर्षीय दुलाल सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार दुलाल सरकार बाइकमा सवार भएर गइरहेको समय नौकाघाट इलाकामा एउटा ट्रक अनियन्त्रित भएर पछिल्तिरबाट बाइकलाई धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भएपछि तत्कालै उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि चिकित्सहरूले तिनलाई मृत घोषित गरिदिए। आरोपी ट्रक चालकलाई मेडिकल आउटपोस्ट पुलिसले पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *