सिलगढीको पब-बाट 41 जना युवा-युवती पक्राउ

सिलगढी : कोरोनाको नियमलाई पर्वाह नगरेर अबेर समयसम्म सिलगढीको सेभोक रोडस्थित एउटा पब नशा-मा पार्टी चलिरहेको समय गत राति आईसी अमरेश सिंहको नेतृत्वमा सिलगढी भक्तिनगर थाना पुलिसले अभियान चलाएर 41 जनालाई पक्राउ गरेको छ। राज्य सरकारद्वारा निर्देश गरिएको निर्धारित समय 8 बजीपछि पनि उक्त बार तथा रेस्टुरेन्टमा धेरैजना युवा-युवतीहरू पार्टी गरिरहेको समय पुलिसले अभियान चलाएर त्यहाँबाट मोठ 41 जना युवा-युवतीलाई पक्राउ गरिएको छ भने तीमध्ये 16 जना महिला सामेल छन्। पक्रा परेकाहरू सबैलाई पुलिसले पबबाट भक्तिनगर थानामा लैजानको साथै तिनीहरूविरुद्ध डिजास्टर म्यानेजमेन्ट एक्टअनुसार मामिला दर्ता गरेर आज जलपाईगढी अदालतमा पेश गरियो। स्मरण रहोस्, यसभन्दा अघि पनि सिलगढीको सेभोक रोडस्थित एउटा पबमा अभियान चलाएर केही युवा-युवतीहरूलाई पक्राउ गरिएको थियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.