सिलगढीको परीक्षा केन्द्रबाट संदिग्ध दुईजना युवक हिरासतमा

सिलगढी : पश्चिम बंगाल माध्यमिक बोर्ड परीक्षा आजदेखि शुरू भएको छ। परीक्षा शुरू हुन अघि विद्यार्थीहरूसितै तिनका अभिभावकहरूलाई स्कुल परिसरमा पस्न सक्ने निर्देश रहेको छ। तर माध्यमिक परीक्षा केन्द्रमा प्राइभेट ट्युटर पसेको कमिश्नर गौरम शर्माले देखेपछि उक्त युवकलाई हिरासतमा लिएको बताइएको छ। आज सिलगढी सहरको विभिन्न माध्यमिक परीक्षा केन्द्रको कमिश्नर गौरव शर्माले निरीक्षण गरे। परीक्षा शुरू हुन अघि लगभग 11 बजी कमिश्नर गौरव शर्मा सिलगढीको शिवमङ्गल हिन्दी हाई स्कुलमा निरीक्षण गर्न पुगेको समय अभिभावकहरूसितै दुईजना युवक परीक्षा केन्द्रभित्र पसेको देखे। यसपछि ती दुई युवकसित सोधखोज गर्दा तीमध्ये एकजना दाजु र अन्य एकजना प्राइभेट ट्युटर रहेको थाहा पाए। ती दुई युवकमाथि सन्देह लागेपछि तिनीहरूलाई हिरासतमा लिएर भक्तिनगर थानालाई छानबीन गर्ने कमिश्नर शर्माले निर्देश दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *