सिलगढीको पोडाझाड इलाकाबाट नवजात शिशुको शव उद्धार

सिलगढी : सिलगढीको नौकाघाट संलग्न पोडाझाड इलाकाको महानन्दा नदीको किनारबाट नवजात शिशु कन्याको शव उद्धार भएपछि उक्त इलाकामा हो-हल्ला मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान एकजना श्रमिकले नवजात शिशुको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *