सिलगढीको पोड़ाझाड़मा नयाँ श्मशान घाट बनाइने : गौतम देव

सिलगढी : सिलगढी सहर संलग्न नौकाघाट नजिक पोडाझोडामा नयाँ श्मशान घाट बनाइने भएको छ। सिलगढी नगरनिगमले 42 नम्बर वार्डमा श्मशान घाट निर्माण गरिने योजना रहे तापनि स्थानीय गाउँलेहरूले बाधा दिएको थियो। हाल सिलगढी सहरमा दाह संस्कार गर्नको लागि एउटै मात्र इलेक्ट्रिक चुल्हा भएकोले गर्दा मानिसहरूलाई निक्कै समस्या भइरहेकोले यहाँ अझै नयाँ इलेक्ट्रिक चुल्हा निर्माण गरिरहेको छ। गत दुई दिनअघि किरणचन्द्र श्मशान घाटको इलेक्ट्रिकको मेन प्यानल बन्द भएपछि हिजो साँझसम्म किरणचन्द्र श्मशान घाटको इलेक्ट्रिक चुल्हा बन्द रहेको थियो। यसपछि अस्थायी रूपमा प्यानलको माध्यमद्वारा इलेक्ट्रिक चुल्हा शुरू गरिएको छ। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले आज किरणचन्द्र श्मशान घाटको निरीक्षण गरेर त्यहाँका कर्मीहरूसित कुराकानी गरे। यस अवसरमा गौतम देवले भने, आगामी 2-3 हप्ताको अवधिमा नयाँ प्यानल जडान गरिनेछ। त्यहाँ नयाँ इलेक्ट्रिक चुल्हा जडान गरिने तिनले बताए। यसको साथै पोड़ाझाड़ इलाकामा पनि एउटा श्मशान घाट बनाउने परियोजना रहेको तिनले बताए। उक्त क्षेत्रमा एसजेडीएको जमिन रहेकोले त्यहाँ श्मशान घाट निर्माण भए कावाखाली, शक्तिगढ इलाकाका मानिसहरूलाई धेरै सुविधा पुग्ने तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *