सिलगढीको प्रधान नगर थानामा रक्तदान शिविरको आयोजना

सिलगढी सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट आज उत्सर्ग योजना अन्तर्गत प्रधान नगर थानामा सिलगढी तेराई लायन्स क्लब र डीसन अस्पतालको सहयोगितामा रक्तदान तथा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नर गौरव शर्माले रिबन काटेर विधिवत् रूपमा उक्त शिविरको उद्घाटन गरे। यस अवसरमा तिनले भने, मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देश अनुसार उत्सर्ग योजना शुरू गरिएको छ। यसै योजना अन्तर्गत सबै थानाहरूमा प्रत्येक सप्ताह शनिबार रक्तदान शिविरको आयोजना गरिरहेको छ। यस रक्तदान शिविरको माध्यमद्वारा पुलिस र जनतामाझ सम्पर्क अझ राम्रो हुने तिनले बताए। प्रधान नगर थानाका आईसीको नेतृत्वमा उक्त रक्तदान शिविरमा लगभग 100 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *