सिलगढीको पूर्वाञ्चल दुर्गा पुजा कमिटीको खुट्टी पुजा सम्पन्न

सिलगढी : सिलगढीको 23 नम्बर वार्डको बलाका क्लबको मैदानमा पूर्वाञ्चल दुर्गा पुजा कमिटीको खुट्टी पुजा सम्पन्न भयो। यस वर्ष उक्त क्लबको दुर्गा पुजाले 34औँ वर्षमा पाइला टेकेको छ भने यस वर्ष क्लबको दुर्गा पुजा थिम स्वप्नेर उडान रहेको छ। यस विषयमा पुजा कमिटीका संयुक्त सचिव सुरजीत दत्ताले बताएअनुसार नवद्वीपका कलाकारहरूले पुजा मण्डप सजाउने भएको छ। आजदेखि मण्डप बनाउने काम सुरु भइसकेको छ। पुजा मण्डप सँगसँगै माताको मूर्ति पनि थिममा ढालिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *