सिलगढीको रामनवमी शोभायात्रा रद्द

सिलगढी : हाल कोरोना भाइरसको बढ्दो प्रकोपको कारण रामनवमीको शोभायात्रा रद्द गर्ने निर्णय लिएको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर श्री रामनवमी महोत्सव समितिको तर्फबाट यसबारे जानकारी गराए। कोरोना भाइरसको आतङ्कको कारण केन्द्र र राज्य सरकारले साधारण मानिसहरूलाई भीडभाड क्षेत्रमा नजाने अपील गरेकोले गर्दा नै आगामी 2 अप्रेलको दिन रामनवमीको शोभायात्रा रद्द गरिएको तिनीहरूले बताए। यसको बद्ली 25 मार्चदेखि 2 अप्रेलसम्म समितिका सदस्यहरूले वार्ड तथा घरमा हनुमान चालीसा पढ्ने र रामनाम जप्ने सुझाउ दिए। यसको साथै कोरोना भाइरसको रोकथामको लागि आफूहरूले प्रशासनको सहयोग गर्ने तिनीहरूले बातए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *