सिलगढीको रवीन्द्र नगरमा एउटा घर जलेर स्वाहा

सिलगढी : सिलगढीको रवीन्द्र नगरस्थित एउटा घरमा आज अपरान्ह आगो लाग्दा घर जलेर खरानी भएको छ। प्राप्त जानकारीअनुसार उक्त आगो लागेको घर मदन कुण्डुको रहेको साथै आगलागीको समयमा घरका सदस्यहरू एउटा बिहे भोजमा गएका थिए। स्थानीय मानिसहरूले उक्त घरबाट धुँवा निस्केको देखेपछि आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गर्नको साथै यसबारे दमकल विभागलाई खबर दिए।


घटनाको खबर पाएर आगो लागेको केही समयपछि अग्निशमन विभागको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइयो। आगलागीको घटना के कारणले भयो भन्नेबारे निश्चित नभए तापनि सम्भवतः ग्यास सिलिन्डरबाट उक्त आगलागीको घटना भएको प्राथमिक छानबीनमा थाहा लागेको छ। आगलागीमा सम्पूर्ण घरसहित सबै सर-समान तथा आवश्यक कागजपत्रहरू जलेर नष्ट भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *