सिलगढीको रवीन्द्र संघ क्लबको खुट्टी पुजा सम्पन्न

सिलगढी : सिलगढीको रवीन्द्र संघ क्लबले आज खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। यस वर्ष उक्त क्लबको दुर्गा पुजाले 71औँ वर्षमा पाइला टेकेको छ। रवीन्द्र संघ क्लब मैदानमा आज धुमधामको साथमा खुट्टी पुजाको आयोजना गरियो। प्रत्येक वर्ष झैँ यस वर्ष पनि उक्त क्लबको दुर्गा पुजा विशेष आकर्षण रहनेछ। यस वर्ष पनि माताको मूर्ति तथा पण्डालको सजावटले पुजा घुम्न आउने मानिसहरूले आकर्षित गर्ने समितिका सदस्यहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *