सिलगढीको रवीन्द्र संघमा तीन दिने प्रदर्शनीको आयोजना

सिलगढी : महिलाहरूलाई स्वनिर्भर बनाउने उद्देश्य लिएर दशभुजा ग्रुपको पहलमा तीन दिने प्रदर्शनीको आयोजना गरियो। गत 2020-मा लकडाउनले गर्दा बेरोजगार भएका धेरैजना मानिसहरूले घरमै बसेर हातले बनाएको विभिन्न सर-समानहरू उक्त प्रदर्शनीको माध्यमद्वारा बिक्री गर्न राखिएको छ। सिलगढीको रवीन्द्र संघमा 19, 20 र 21 मार्चसम्म चल्ने उक्त प्रदर्शनीमा साड़ी, गर-गहना लगायत खानेकुराको विभिन्न स्टलहरू लगाइएको छ। दशभुजा ग्रुपकी सदस्य सुष्मिता विश्वासले बताएअनुसार सिलगढीको मतिगढा, शिवमन्दिर लगायत विभिन्न ठाउँका महिलाहरूद्वारा मोठ 64 वटा स्टालहरू उक्त प्रदर्शनीमा लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *