सिलगढीको ‘रेड एप्पल’ मसाज पार्लरमा पुलिसको छापामार, दुई महिलासहित तीनजना हिरासतमा

सिलगढी : सिलगढीको मतिगढास्थित सिटी सेन्टरको जी ब्लकस्थित रेड एप्पल मसाज पार्लरमा मतिगढा पुलिस र महिला थाना पुलिसले संयुक्त रूपमा छापामार अभियान चलाएर दुई महिला सहित तीनजनालाई हिरासतमा लिएको छ। तिनीहरूमध्ये एकजना बिहार निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार सिलगढी मेट्रोपोलिटन पुलिसले मसाज पार्लरको नाममा देह व्यापार चलाइरहेको गोप्य सुइँको पाएका थिए। यसपछि आज मतिगढा थाना पुलिस र महिला महिला थानाको टोलीले उक्त मसाज पार्लरमा छापामारी अभियान चलाएर दुई महिलासहित तीनजनालाई हिरासतमा लिएर महिला थानामा लगिएको छ। हिरासतमा लिएका तीनजनासित पुलिसले सोधखोज गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *