सिलगढीको रेगुलेटेड मार्केटमा तृणमूल श्रमिक संगठनको दुई गुटबीच झगडा, 7 जना घाइते

सिलगढी : सिलगढीको रेगुलेटेड मार्केटमा तृणमूल कङ्ग्रेसको दुईवटा श्रमिक संगठनबीच आज हिंसक झड़प भएको घटना प्रकाशमा आएको छ। उक्त घटनामा 7 जना घाइते भएका छन्। घटनाको खबर पाएर प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति साम्य पारे। तृणमूल कङ्ग्रेस श्रमिक संगठनका सचिव उमाशंकरको ग्रुपले तृणमूल कङ्ग्रेसको दोस्रो गुट श्याम यादवका मानिसहरूले आफ्नो गुटका मानिसहरूलाई कुटपीट गरेको आरोप लगाएको छ। यसपछि प्रधान नगर थानाअघि विरोध प्रदर्शन गर्नको साथै उक्त घटनाका आरोपी श्याम यादवको गुटविरुद्ध कार्वाही गरिनुपर्ने माग गर्दै एउटा ज्ञापन पत्र पनि चढाइयो। तृणमूल कङ्ग्रेस श्रमिक संगठनका सचिव उमाशंकरले बताएअनुसार आइतबार रेगुलेटेड मार्केट बन्द रहने गरेकोले सबै श्रमिकहरू दिउँसै आराम गरिरहेका थिए। त्यहीँ समय श्याम यादव गुटका केही मानिसहरूले मजदुरहरूलाई कुटपीट गर्दा 7 जना घाइते भएका छन्। यो कुनै नयाँ घटना होइन, यसभन्दा अघि पनि श्याम यादव गुटले यस प्रकारको कार्य गरेको थियो। यसैले आज आफूहरूले थाना घेराउ गरेर श्याम यादव गुटविरुद्ध कानुनी कार्वाही गरिनुपर्ने माग गर्दै एउटा ज्ञापन पत्र पनि चढाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *