सिलगढीको सबै महत्वपूर्ण सड़कहरूलाई म्यास्टिक रोड बनाइनेछ : मेयर गौतम देव

सिलगढी : सिलगढी नगरनिगम अन्तर्गत पर्ने महत्वपूर्ण सडकहरूलाई म्यास्टिक रोड बनाइने साथै जीर्ण अवस्थामा रहेको तथा कमजोर पुलहरूलाई नयाँ प्रकारले निर्माण गरिने भएको छ। आज सिलगढी नगरनिगमको 22 नम्बर वार्डको निरीक्षण अवधि मेयर गौतम देवले यस प्रकारको मन्तव्य पोखेका हुन्। मेयर गौतम देवले आज सिलगढी नगरनिगमको 22 नम्बर वार्डका पार्षद दीप्त कर्मकारलाई साथमा लिएर इलाकाको निरीक्षण गरे। 43 लाख रुपियाँको लागतमा अरविन्दपल्ली मेन रोडको निर्माण गरिरहेकोले मेयर देव आज उक्त कार्यको जाँच गर्नको लागि 22 नम्बर वार्डमा पुगे। यस अवधि 22 र 36 नम्बर वार्डलाई जोड़ने पुलमा मेयर गौतम देवको नजर परेपछि तिनलै चाँडै नै उक्त पुलको निर्माण गरिने बताए। आगामी 15 दिनको अवधिमा नवनिर्मित म्यास्टिक रोडको उद्घाटन गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.