सिलगढीको सडकबाट कम्बोडियाको करेन्सी उद्धार  

सिलगढी (निसं): पानीट्याङ्की आउटपोस्ट पुलिसले ट्राफिक पुलिसको सहयोगमा विधान मार्केटबाट केही विदेशी करेन्सी उद्धार गरेको छ। उद्धार गरेको विदेशी करेन्सी कम्बोडियाको रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो स्थानीय एकजना व्यक्तिले होटल डल इन नजिक बन्द रहेको चिया दोकान नजिक केही विदेशी रुपियाँ रहेको ट्राफिक पुलिसलाई बताएपछि उक्त विदेशी करेन्सी उद्धार गरेर यसबारे पानीट्याङ्की आउटपोस्ट पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेपछि ट्राफिक पुलिसले उक्त विदेशी करेन्सी पुलिसलाई सुम्पिदिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार भेट्टाइएको विदेशी करेन्सी कम्बोडियाको हो। जसमा कम्बोडियाको 7 वटा एक हजार रुपियाँ र 26 वटा 50 रुपियाँको नोट रहेको छ। उक्त कम्बोडिया करेन्सीको मूल्य 8 हजार 300 रुपियाँ रहेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *