सिलगढीको सडकमा युवतीसित अभद्र व्यवहार

सिलगढी : सिलगढी सहरमा दिउँसै एउटी युवतीसित अभद्र व्यवहार गरेको घटनाले इलाकामा सनसनी मच्चियो।सिलगढीको सुभाषपल्लीमा कलेज रोडमा उक्त युवतीसित अभद्र व्यवहार गरेपछि तिनी बीच सडकमै उभिएर रून थालिन्। घटनाको जानकारी पाएर सिलगढी महिला थाना पुलिस घटनास्थलमा पुगे तापनि आरोपीहरूले त्यहाँबाट सुइँकुच्चा ठोकेको बताइएको छ। उक्त घटना आज दिउँसो हात्तीमोडबाट सिलगढी कलेज जाने सडकमा घटेको हो। एउटी युवती उक्त सडक भएर गइरहेको समय 2 जना युवक आएर युवतीसित अभद्र व्यवहार गरेको आरोप रहेको छ। उक्त घटनापछि युवती केही समयको लागि स्तब्ध रहिन्। पछि घटनाबारे महिला थाना पुलिसलाई जानकारी गराएपछि पुलिस घटनास्थलमा पुगेर कलेज रोडको घर तथा दोकानहरूमा जडान गरेको सीसीटीभी फुटेजको जाँच गर्यो। पुलिसले आरोपीहरूको खोजी शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *