सिलगढीको सालबारीस्थित कल्याण चोकलाई असीत राई स्मृति चोक नामकरण

सिलगढी : भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार असीत राईको नाममा सिलगढीको मेथीबारीस्थित दुर्गानगर कल्याण समाजको आयोजनामा सालबारीको काजीमान प्रधान रोडमा रहेको कल्याण चोकलाई असीत राई स्मृति चोक नामकरण गरिएको छ। आज सालबारीको दुर्गा नगर कल्याण समाजको आयोजनामा असीत राई स्मृति चोक नामकरण गरिनको साथै सम्मान कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रमको अध्यक्षता दुर्गा नगर कल्याण समाजका सभापति नारद छेत्रीले गरेका थिए भने प्रमुख अतिथिका रुपमा वरिष्ठ साहित्यकार डा. जस योञ्जन प्यासी तथा अन्य विशिष्ठ अतिथिहरू नरबहादुर दाहाल, ज्ञानेन्द्र खतिवडा, राजेन मोक्तान, मोहन ठकुरी, युवा कवि तथा पत्रकार हनोक थापा आदि उपस्थित थिए। कार्यक्रममा भारतीय नेपाली साहित्यमा बहुमूल्य योगदान दिने साहित्यकार असीत राईको नाममा सालबारीको काजीमान प्रधान रोडमा रहेको कल्याण चोकलाई असीत राई स्मृति चोक भनी उद्घाटन कार्यक्रममा सभाध्यक्ष नारद छेत्रीद्वारा नामकरण गरियो। यसै कार्यक्रममा साहित्यकार असीत राईकी पत्नी शान्ति राईलाई दुर्गा नगर कल्याण समाजको तर्फबाट सम्मान जनाइयो। यस अवसरमा खदार्पणसहित शल ओढ़ाएर सम्मान पत्र प्रदान गरी सम्मान गरियो। त्यसरी नै लामो समयदेखि सालबारीमा शब्द समयनामक साहित्यिक कार्यक्रम सञ्चालन गरी साहित्यमा ठूलो योगदान दिने सालाबरीका स्थानीय साहित्यकारहरू नरबहादुर दाहाल, ज्ञानेन्द्र खतिवडा र राजेन मोक्तानलाई खदार्पणसहित शल ओढ़ाएर स्मृति चिन्ह प्रदान गरी सम्मान गरियो। यसै कार्यक्रममा साहित्य र पत्रकारिता क्षेत्रमा योगदान दिने युवा कवि एवम् पत्रकार हनोक थापालाई पनि खदार्पणसहित शल ओढ़ाई प्रमुख अतिथि डा. जस योञ्जन प्यासीको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes