सिलगढीको सालबाडीमा अनियन्त्रित वाहनले धक्का दिँदा महिला सहित चार जना घाइते

सिलगढी (निसं): सालबाड़ीको नयाँ बस्ती संलग्न  इलाकामा मंगलवार साँझ सड़क दुर्घटनामा परेर एकजना महिला सहित चार जना मानिसहरू घाइते भएका छन्। प्राप्त जानकारी अनुसार  पहाड़बाट समतल तर्फ तीव्र गतिमा आइरहेको एउटा  बोलेरो  गाड़ी अनियन्त्रित भएर एक पछि अर्को गर्दै चारवटा सानो वाहनहरूलाई धक्का दिए। उक्त धक्का दिँदा एकजना महिला सहित चारजना भाग्यले बाँचेको बताइएको छ। घाइतेहरूलाई स्थानीय मानिसहरूको सहयोगमा नजिकैको सुकना ग्रामीण अस्पतालमा भर्ना गरियो। घाइतेहरूमा महिलाको शारीरिक स्थिति गम्भीर रहेको छ। घटनाक्रम अनुसार, बोलेरो गाड़ी यात्रीहरूलाई लिएर दार्जिलिङबाट सिलगढीतर्फ आइरहेको समय अनियन्त्रित भएर स्कुटी अनि दुईवटा बाइकलाई धक्का दिँदा एकजना महिलासहित चार जना घाइते भएका छन्। घटना पछि सालबाड़ी ट्राफिक पुलिस घटना स्थलमा पुगेर कार्वाही गर्दै वाहन चालकलाई हिरासतमा लियो। यसैगरी, सबै दुर्घटनाग्रस्त स्कुटी अनि बाईकहरूलाई पनि आफ्नो नियन्त्रणमा लिएर प्रधान नगर थाना पुलिसलाई सुम्पिदिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet giriş1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes