सिलगढीको सालबारीमा 108 जोडीको सामुहिक विवाह

सिलगढी: उत्तरबंग वनवासी आश्रमको तर्फबाट आज सिलगढीको सालबारीमा 108 जोडीको सामुहिक विवाह कार्यक्रमको आयोजना गरियो। अधिकजसो चिया बगानका आदिवासी परिवारहरू आर्थिक समस्याले गर्दा समारोहको आयोजना गरेर विवाह गर्न सक्दैनन्। यसवाहेक, धेरैजनाको विवाह अगावै भइसकेर पनि नानीहरू भइसके तापनि तिनीहरूले मण्डपमा बसेर विवाह गर्न पाएका हुँदैनन्। यस्ताहरूको निम्ति प्रत्येक वर्ष दम्पत्ति लगायत युवक-युवतीहरूको लागि सामुहिक विवाहको आयोजना गर्दै आइरहेको छ। आज सिलगढी अनि यसको संलग्न विभिन्न चिया बगानका 108 जोडीलाई लिएर  सामुहिक विवाहको आयोजना गरियो। आज बिहानैदेखि विवाहको लागि तयारी शुरू गरिएको थियो। विवाह समारोहमा 108  जोडी अनि तिनीहरूको परिजन तथा आफ्तहरू उपस्थित थिए। आयोजकको तर्फबाट सम्पूर्ण व्यवस्था गरिएको थियो। विशेष गरेर सबै बेहुला- बेहुलीहरूलाई नयाँ लुगाफाटा साथै घरका सर-सामानहरू पनि प्रदान गरियो।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *