सिलगढीको सालुगढामा भयावह अग्निकाण्ड

सिलगढी : सिलगढीको सालुगढास्थित एउटा गोदाममा भयावह आगलागीको घटना घटेको छ। गत केही घण्टा अघिदेखि लागेको उक्त आगोलाई नियन्त्रणमा ल्याउन अग्निशमन विभागको तीनवटा इञ्जिन घटनास्थलमा पुगेर आगो नियन्त्रणमा ल्याउने लगातार प्रयास जारी रहे तापनि हालसम्म आगोलाई नियन्त्रणमा ल्याउन सकेको छैन।


उक्त गोदाममा इलेक्ट्रोनिक सर-समानहरू धेरै मात्रामा राखिएको हुनाले ती सबै समानहरू जलेर नष्ट हुनको साथै लाखौँ रुपियाँको क्षति भइसकेको बताइएको छ। आगोलाई नियन्त्रणमा ल्याउनको निम्ति जेसीपी ल्याएर नजिकैको पर्खाललाई भत्काएपछि हाल आगोलाई चाँडोभन्दा चाँडो निभाउने प्रयासमा अग्निशमन विभागका कर्मीहरू घटनास्थलमा लागिपरेका छन्। सम्भवतः सर्ट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने अनुमान लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom