सिलगढीको समरनगरमा एटीएम लुट्ने प्रयास

सिलगढी :  केही दुष्कृतिहरूले गत राति प्रधाननगर थाना अन्तर्गत पर्ने समरनगरको बटतला इलाकाको एउटा एटीएम लुट्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। आज बिहान स्थानीय मानिसहरूले यसबारे थाहा पाएपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर डीसीपी (वेस्ट जोन) कुँवर भुषण सिंह, एसीपी (डीडी) राजेन छेत्री, एसीपी वेस्ट चन्द दास, प्रधाननगर थानाका आईसी लगायत अन्य पुलिस कर्मीहरू घटनास्थलमा पुगे। उक्त इलाकामा जडान गरिएको सीसीटीभी क्यामाराको फुटेज मार्फत् घटनाको जाँच शुरू गरेको बताइएक छ। स्थानीय मानिसको आरोप अनुसार धेरै समय अघिदेखि उक्त एटीएममा कुनै सुरक्षाकर्मी नरहेको साथै यसभन्दा अघि पनि उक्त एटीएम लुट्ने प्रयास गरिएको थियो। उक्त दुष्कृतिहरूले एटीएमको स्क्रिन एवम् सीसीटीभी क्यामारा भत्काइदिए तापनि एटीएमको रुपियाँ लैजान असफल भएको एटीएम कर्तृपक्षले बताए। एटीएमको सुरक्षा व्यवस्थालाई लिएर कम्पनीलाई पुनः सुरक्षा कर्मी राख्नको लागि पत्राचार गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *