सिलगढीको समरनगरमा निःशुल्क नेत्र जाँच शिविरको आयोजना

सिलगढी : सिलगढीको 46 नम्बर वार्ड अन्तर्गत पर्ने समर नगर इलाकामा आज नेताजी जातीय युवा संघ एवम् लाइब्रेरी तथा श्री रामकृष्ण सेवा समितिको संयुक्त पहलमा निःशुल्क नेत्र जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा  100 भन्दा अधिक मानिसहरूले निःशुल्क नेत्र जाँच गराए। उक्त शिविरमा मुख्य अतिथिको रूपमा 46 नम्बर वार्डका पार्षद तथा नगरनिगमका मेयर पार्षद दिलीप बर्मन उपस्थित थिए। यस अवसरमा नेताजी जातीय युवा संघ एवम् लाइब्रेरीका सदस्य लिटन साहले भने, इलाकाको आवश्यकमन्द मानिसहरूलाई ध्यानमा राखेर आज निःशुल्क नेत्र जाँच शिविरको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *