सिलगढीको संक्रमित परिवार अनि अन्यलाई पञ्चायतद्वारा खाद्य वितरण

सिलगढी : सिलगढीको ईस्टर्न बाइपासको खुदीराम कलोनी निवासी हिजो कोरोना संक्रमित भएको पुष्टि भएपछि आज ग्राम पञ्चायतको तर्फबाट उक्त इलाकामा खाद्य सामग्री वितरण गरियो। कोरोना संक्रमितको परिवार लगायत केही परिवारहरूलाई खाद्य सामग्री वितरण गरेको बताइएको छ। हाल उक्त इलाकामा बाँसको ब्यारिकेट लगाइएको छ। इलाकाका मानिसहरू भयभीत नहोस् साथै उक्त इलाकामा कोरोनाको संक्रमण नफैलियोस् भन्ने उद्देश्यले उक्त पहल गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.