सिलगढीको सन्तोषीनगरमा घर भाडामा लिएर देह व्यापार चलाएको अभियोग, पुलिसद्वारा अभियान

सिलगढी :  घर भाडामा लिएर देह व्यापार चलाएको अभियोग उठेको छ। सिलगढी नगरनिगमको 5 नम्बर वार्डको सन्तोषीनगर इलाकामा आज खालपाडा आउटपोस्ट पुलिसले अभियान चलाएर केही मानिसहरूलाई हिरासतमा लिएको छ। स्थानीय मानिसहरूको आरोपअनुसार केही दिनदेखि उक्त इलाकाको केही घरहरूमा बाहिरका युवती लगायत महिलाहरू आउजाउ गर्ने गरेको साथै अपरिचित व्यक्तिहरू पनि उक्त घरहरूमा जाने गरेको बताइएको छ। आज बिहान स्थानीय मानिसहरूले इलाकाका वार्ड को-अर्डिनेटर दुर्गा सिंहलाई यसबारे जानकारी गराएपछि तिनले घटनाबरे पुलिसलाई खबर दिए। यसपछि खालपाडा आउटपोस्ट पुलिसले उक्त इलाकाको एउटा घरमा अभियान चलाएर केही मानिसहरूलाई हिरासतमा लिएको बताइएको छ। यसको साथै पुलिसले इलाकाको केही घरहरूमा पनि अभियान चलाए। वार्ड को-अर्डिनेटर दुर्गा सिंहले बताएअनुसार उक्त इलाकाको केही घरहरूमा देह व्यापार चलाइरहेको स्थानीय मानिसहरूले आफूलाई अवगत गराएपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर अभियान चलाएर 2 जनालाई पक्रेर सोधखोज गर्दा देह व्यापारसित संलग्न रहेको कुरा तिनीहरूले स्वीकारे। गत राति 20-25 जना युवतीहरू यहाँबाट भागेको साथै अन्य राज्यबाट यहाँ आएर घर भाडामा लिएर बस्ने गरेको स्थानीय मानिसहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *