सिलगढीको सेभोक रोडमा डायबेटिस जाँच शिविर

सिलगढी : हार्डवेयर मर्चेन्ट एसोसिएसन तथा लायन्स क्लब अफ सिलगढी डिगनिटीको तर्फबाट आज सिलगढीको सेभोक रोडमा डायबेटिस जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा सिलगढीको पानीट्याङ्की मोडदेखि सेभोक मोडका सबै व्यवसायीहरूले डायबेटिस जाँच गराए। लायन्स क्लब अफ सिलगढी डिगनिटीका सभापति डीए पासाले बताएअनुसार आज डायबेटिस सचेतनता शिविर तथा रेनडम टेस्ट गरियो भने उक्त शिविरमा 3 हजार डायबेटिस टेस्ट गरिने लक्ष्य राखिएको छ। अर्कोतिर, देबु सरियाले बताएअनुसार हाल डायबेटिस सामान्य रोग सरह भएको छ। धेरैजना मानिसहरूलाई डायबेटिस भएको थाहा नहुने गरेकोले आज एउटा शिविरको आयोजना गरिएको हो भने उक्त शिविरमा जाँच गरेपछि मानिसहरूले आफूलाई डायबेटिज रोग लागेको अथवा नलागेको बारे थाहा पाएर सतर्कता अप्नाउनेछन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *