सिलगढीको शक्तिगढस्थित एउटा घरमा टावर जडानलाई केन्द्र गरेर उत्तेजनाको माहौल

सिलगढी : घरमा टावर जडान गरिने विषयलाई केन्द्र गरेर सिलगढीको शक्तिगढ इलाकामा उत्तेजनाको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार शक्तिगढको 10 नम्बर गल्लीमा रहेको एउटा घरमा गैर सरकारी कम्पनीको टावर जडान गरिने कार्य शुरू गर्यो। स्थानीय मानिसहरूले बताएअनुसार उक्त घरको पछिल्तिर अझ एउटा टावर जडान गरिएको छ। 100 मिटरको दूरीमा दुईवटा टावर जडान गरे विभिन्न समस्या हुनसक्ने भएकोले आज टावर जडान कार्यलाई लिएर स्थानीय मानिसहरूले विरोध जनाउँदै विक्षोभ देखाए। इलाकावासीहरूले विरोध गरेपछि टावर जडान गरिने कार्य बन्द गरियो। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगे। विक्षोभकारीहरूले बताएअनुसार छेउछाउमा दुईवटा टावर जडान गरिए वयस्क मानिसहरूलाई शारीरिक समस्या हुने साथै स-साना नानीहरूलाई पनि शारीरिक समस्या हुन सक्ने सम्भावना रहेको छ। अर्कोतिर उक्त घर मालिकका स्वास्नी सङ्गीता विश्वासले बताएअनुसार सरकारी रूपमा नगरनिगमबाट अनुमति लिएर टावर जडान गरिने कार्य शुरू गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *