सिलगढीको शान्तिनगरमा माटोमुनि पुरिएको वस्तुलाई लिएर सनसनी, बिहान खनेर हेर्दा भेट्टाइयो मरेको कुकुर

सिलगढी : सिलगढी संलग्न मध्य शान्तिनगर इलाकाको विपुल मोड नजिक एउटा खाली जमिनमा माटोमुनि पुरिएको वस्तुलाई लिएर इलाकामा सनसनी मच्चियो। पुलिसले रातभरि उक्त जमिनमा नजरदारी गर्यो भने आज बिहान माटो खन्दा त्यहाँबाट मरेको कुकुर उद्धार भएको बताइएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति 3-4 जना युवक इलाकामा घुमफिर गरिरहेको देखेपछि स्थानीय मानिसहरूलाई सन्देह लागेर यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर आसिघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर जाँच सुरू गरे। रातिको समय भएकोले गर्दा माटो खन्ने कार्य गरिएन्। यसपछि आज बिहान राजगञ्जका बीडीओ, आसिघर आउटपोस्टको विशाल पुलिस वाहिनीको उपस्थितिमा माटो खनेर हेर्दा त्यहाँबाट एउटा मरेको कुकुर उद्धार भएको बताइएको छ। यस्तो दृश्य देखेर इलाकाका मानिसहरू लगायत पुलिस प्रशासन छक्क परे। तथापि, पुलिसले मरेको कुकुरलाई त्यहाँ कसले गाँडेको हो भन्ने विषयमा जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *