सिलगढीको शान्तिपाड़ामा हात्तीले ताण्डव मच्चाएर 2 वटा घर क्षतिग्रस्त  

 सिलगढी : सिलगढी नगरनिगम अन्तर्गत 42 नम्बर वार्डको शान्तिपाड़ा इलाकामा हात्तीको हमलामा दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। घटनापछि इलाकामा आतङ्कको माहौल देखापर्यो। स्थानीय मानिसहरूले दिएको जानकारी अनुसार गत अबेर राति लगभग 2 बजी एउटा हात्ती जङ्गलबाट निस्केर उक्त इलाकामा पसेपछि लगभग आधा घण्टासम्म इलाकामा ताण्डव मच्चाएर दुईवटा घर क्षतिग्रस्त पारिदिएको छ।


उक्त इलाकामा प्रतिदिन हात्तीले ताण्डव मच्चाउने गरेको इलाकाका मानिसहरूक आतङ्कित बन्न पुगेको छ। वन विभागका कर्मचारीहरू समयमा घटनास्थलमा नआउने गरेकोले इलाका मानिसहरू आतङ्कितको माहौलमा बस्न बाध्य बनेको गाउँलेहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *