सिलगढीको शिवम प्यालेसमा 7औँ श्री श्याम फल्गुन महोत्सवको आयोजना गरिने

सिलगढी : सिलगढीको वर्द्धमान रोडस्थित शिवम प्यालेसमा भोलि आइतबार प्रेम करो कृष्ण परिवार-को तर्फबाट 7औँ श्री श्याम फाल्गुन महोत्सवको आयोजना गरिने भएको छ। यसलाई लिएर जोडतोडले तयारी चलिरहेको छ भने भक्तजनहरूमा निक्कै उत्साह देखिएको छ। उक्त कार्यक्रमलाई सफल बनाउनको लागि भक्तजनहरू उत्साहको साथमा लागिपरेको देखियो।


यस विषयमा प्रेम करो कृष्णा परिवारका सदस्यले बताएअनुसार भोलि आइतबार सिलगढीको वर्द्धमान रोडस्थित शिवम प्यालेसमा 7औँ श्री श्याम फाल्गुन महोत्सवको आयोजना गरिने भएको छ भने सबै भक्तजनहरूको यसको तयारीमा लागिपरेका छन्। भोलि 27 फरवरीको दिन बिहान एउटा रङ्गारङ्ग शोभायात्रा निकालिइनेछ भने दिउँसो रक्तदान शिविरको पनि आयोजना गरिनेछ। यसपछि साँझको समय श्री श्याम फाल्गुन महोत्सवको सङ्गीतमय सन्ध्या कार्यक्रम शुरू गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *