सिलगढीको शिव मन्दिर इलाकामा देखापर्यो चितुवा

सिलगढी : सिलगढीको शिव मन्दिर इलाकामा चितुवा देखापरेपछि इलाकाका मानिसहरू आतङ्कित बनेका छन्। स्थानीय मानिसहरूले दिएको जानकारी अनुसार आज अपरान्ह लगभग 2 बजी उक्त इलाकामा चितुवा देखापरेपछि इलाकामा आतङ्कको माहौल देखापर्यो। यसबारे वन विभागलाई खबर दिएपछि बाघडुग्रा रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त इलाकालाई घेरेर राखेको छ। अर्कोतिर, घटनाको खबर पाएर मतिगढा थाना पुलिस पनि घटनास्थलमा पुगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *