सिलगढीको सुन दोकानमा चोरी भएको मामिलामा 3 जना पक्राउ

सिलगढी : सिलगढीमा एउटा सुनको दोकानबाट बहुमूल्य गर-गहनाहरू चोरी गरेको आरोपमा पुलिसले 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूबाट पुलिसले चोरी भएको सुनको गर-गहनाहरू पनि उद्धार गरेको छ। पक्रा पर्नेहरूमा रञ्जन छेत्री, अमित बाल्मीकि र कृष्ण प्रसाद सामेल छन्। स्मरण रहोस्, गत 14 जुनमा सिलगढीको शीतलापाड़ा इलाकास्थित एउटा सुनको दोकानमा बहुमूल्य गर-गहनाहरू चोरी भएको थियो। यसपछि दोकानका मालिक निखिल मण्डलले घटनाबारे एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेका थिए। उक्त अभियोगको आधारमा एनजेपी पुलिसले जाँच शुरू गरेपछि रञ्जन छेत्री र अमित बाल्मीकिलाई पक्राउ गरेपछि तिनीहरूसित सोधखोज गरे। यसपछि तिनीहरूले चोरी गरेको सुनको गर-गहनाहरू प्रधाननगर इलाकामा कृष्ण प्रसाद नाम गरेको व्यक्तिको सुनको दोकानमा बिक्री गरेको पुलिसले थाहा पाए। पुलिसले दुवै आरोपीलाई साथमा लिएर उक्त दोकानमा अभियान चलाउनको साथै त्यहाँबाट चोरी भएको सुनको गर-गहनाहरू भेट्टाएपछि कृष्ण प्रसादलाई पनि पक्राउ गरे। आज तीनैजनालाई जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *