सिलगढीको सूर्यनगर मैदानमा मेला तथा अन्य कार्यक्रम गरेकामा विरोधी नेता अमित जैनको आपत्ति

सिलगढी (निसं): सिलगढीको सूर्यनगर मैदानलाई समय-समयमा निजी संस्थाहरूलाई सुम्पेपछि त्यहाँ मेला तथा अन्य विविध कार्यक्रमको आयोजना गर्ने गरिन्छ। जसले गर्दा खेल मैदान क्षतिग्रस्त भइरहेको छ भन्ने नगर निगमका विरोधी दल नेता अमित जैनले बताउँदै आज तिनले सूर्यनगर मैदानको निरीक्षण पनि गरे। तिनले बताए अनुसार सूर्यनगर मैदानलाई समय-समयमा निजी संस्थाहरूलाई किरायमा दिएपछि त्यहाँ मेला तथा अन्य विविध कार्यक्रमको आयोजना गर्ने गरिन्छ। मैदानमा खाडल भए तापनि यसको मरमति नभएको अभियोग प्राप्त भएपछि आज अमित जैनले भाजपा नेताहरू अनि कार्यकर्ताहरूसित मैदानको निरीक्षण गरेपछि नगर निगम विरूद्ध क्षोभ प्रकट गरे। यसको साथै प्रतिवाद पनि जनाए। यस सम्बन्धमा अमित जैनले भने, यो खेलको मैदान हो तर यो मैदानमा बारम्बार मेला लगायत अन्य कार्यक्रमहरूको आयोजना गरिन्छ। मैदानको मरमति भएको छैन। भाजपाले यो मैदानलाई सुधार गर्ने पहल गर्नेछ। अर्कोतिर, सिलगढीका मेयर गौतम देवले भने, 365 दिनमध्ये 300 दिन यस मैदानको उपयोग खेलको लागि गर्ने गरिन्छ। मैदानलाई मरमति गरेर यसको चारैतिर घेरा लगाइने योजना रहेको छ। केही दिनको लागि यस मैदानको प्रयोग धार्मिक आयोजनहरूको लागि पनि गर्ने गरिन्छ, तर यसले केही नोक्सान नहुने मेयरले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *