सिलगढीको तीनबत्ती मोडमा सडक दुर्घटनामा 4 जना बीएसएफ-का जवान घाइते

सिलगढी : सडक दुर्घटनामा बीएसएफ-का 4 जना जवानहरू घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो एउटा डम्पर फुलबारीबाट सिलगढीतर्फ आइरहेको समय तीनबत्ती मोड नजिक ग्यास गोडाउन इलाकामा अचानक डम्पर अघि गोरू आउँदा गोरूलाई बचाउनको लागि डम्परका चालकले ब्रेक लगायो। यस अवधि डम्परको पछिल्तिर रहेको बीएसएफ-को बसले उक्त डम्परलाई धक्का दिँदा बसमा सवार 4 जना बीएसएफका जवानहरू घाइते भएका छन्। घटनाको खबर पाएर एनजेपी थाना पुलिस तथा जलपाईमोड ट्राफिक पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *