सिलगढीको तृणमूल जिल्ला कार्यालयमा शिक्षक दिवस पालन

सिलगढी : आज शिक्षक दिवस। डा. सर्वपल्ली राधाकृष्णनको 132औँ जन्म जयन्ती। आज तृणमूल जिल्ला कार्यालयमा डा. राधाकृष्णनको तस्विरमा फुलमाला चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा पर्यटन मन्त्री गौतम देव, तृणमूल नेता रञ्जन सरकार लगायत तृणमूलका नेतृत्वहरू उपस्थित थिए। यस अवसरमा केही कार्यक्रमहरूको आयोजना गरिने योजना रहे तापनि केही दिनअघि देशका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन लगायत कोरोना महामारीले गर्दा शिक्षक दिवस तथा डा. सर्वपल्ली राधाकृष्णनको 132औँ जन्म जयन्ती साधारण रूपमा पालन गरिएको मन्त्री देवले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *