सिलगढीको उत्तरायनस्थित सम्मानेर बाडीका मानिसहरूलाई लगाइयो बुस्टर डोज

सिलगढी : सिलगढीको सम्मानेर बाडीमा बसोबास गर्ने मानिसहरूलाई आज बुस्टर डोज लगाइयो। गौरव शर्मा सिलगढी पुलिस कमिश्नरको पदमा नियुक्त भएपछि सिलगढी मेट्रोपलिटन पुलिसले विविध सामाजिक कार्यहरू गर्दै आइरहेको छ। यसबाहेक सिलगढीको ट्राफिक व्यवस्थालाई सुसज्जित गर्नको साथै विभिन्न थानाहरूलाई पनि तिनले नयाँ रूप प्रदान गर्दै आइरहेको छ। तिनले ट्राफिक व्यवस्था र पुलिस थानालाई ध्यान नदिएर विविध सामाजिक कार्यहरू पनि गर्दै आइरहेका छन्। कमिश्नरको पहलमा मतिगढास्थित उत्तरायनमा सम्मानेर बाडी अर्थात् सम्मानको घर बनाइएको छ। यहाँ बसोबासो गर्ने मानिसहरूलाई आज बुस्टर डोज लगाइयो। यस अवसरमा कमिश्नर गौरव शर्मा पनि प्रमुख रूपमा उपस्थित थिए। पुलिसको यस महत कार्यमा सिलगढीको केही समाजसेवी संगठनहरूले पनि सहयोग पुर्‍याएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *