सिलगढीको भक्ति नगर थाना पुलिसले 24 घण्टामा नै चोरीको मामिला सुल्झायो,  रूपियाँसहित पक्रा परे चोर

सिलगढी: सिलगढीको भक्ति नगर थाना पुलिसले 24 घण्टाको अवधि एउटा चोरीको घटनाको आरोपी सहित चोरी भएको समान पनि उद्धार गरेको छ। पक्रा पर्ने आरोपीको नाम विश्वजीत राय बताइएको छ। प्राप्त जानकारी अनुसार गत 4 जुलाईको दिन सिलगडीको ज्योति नगरस्थित एउटा कारखानामा चोरी भएको थियो भने यसपछि 5 जुलाईको दिन कारखानाका मालिकनी निलम शर्माले घटनाबारे भक्ति नगर थानामा एउटा लिखित अभियोग दर्ता गरेकी थिइन्। अभियोगको आधारमा जाँचमा जुटेको भक्ति नगर थाना पुलिसले 24 घण्टाको अवधिमा नै मंगलवार साँझ गोप्य सूत्रमार्फत खबर पाएपछि चलाएको अभियान अवधि चोरी गर्ने बदमाश विश्वजीत रायलाई पक्राउ गरे।  पुलिसले आरोपीबाट चोरी भएको नगद रुपियाँ पनि उद्धार गरेको छ।   भक्ति नगर थानाका आईसी अमरेश सिंहले उक्त उद्धार गरेको रूपियाँ कारखानाको मालिकनी निलम शर्मालाई सुम्पिदिएको छ। अर्कोतिर, पक्रा परेका आरोपीलाई आज जलपाइगढी अदालतमा पेश गरियो।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *