सिलगढीको विभिन्न ठाउँमा लकडाउनको उल्लङ्घन गर्ने केही मानिसहरू हिरासतमा

सिलगढी : साप्ताहिक लकडाउनको समय सिलगढीमा आज बिहानैदेखि पुलिसले कठोर नजरदारी गरिरहेको छ भने लकडाउनको उल्लङ्घन गर्नेहरूलाई हिरासतमा समेत लिइरहेको छ। पुलिसले आज बिहानैदेखि सिलगढी सहरको विभिन्न ट्राफिक पोइन्टमा नाका चेकिङ अभियान चलाइरहेको छ। सिलगढी सहरको विभिन्न ठाउँहरूमा लकडाउनको उल्लङ्घन गरेर मानिसहरू सडकमा घुमिरहेको देखेपछि पुलिसले तिनीहरूलाई हिरासतमा लिएर थानामा लगेर तिनीहरूविरुद्ध मामिला दर्ता गरेको बताइएको छ। कुनै काम बिनै घरबाट बाहिर निस्केका मानिसहरूलाई पुलिसले पक्राउ गर्दा तिनीहरूले कान समातेर माफी मागिरहेको दृश्य देखियो। लकडाउनको कारण सिलगढी सहरको विभिन्न सडकहरू आज सुनसान देखियो भने ठाउँ-ठाउँमा पुलिसले कठोर नजरदारी गरिरहेका छन्। प्रधाननगर थाना पुलिसले रेगुलेटेड मार्केटमा अभियान चलाएर केही मानिसहरूलाई हिरासतमा लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *