सिलगढीको विभिन्न वार्ड तथा संघ-संस्थाहरूमा गणतन्त्र दिवस पालन

सिलगढी : देशका अन्य ठाउँहरूमा झैँ सिलगढीको विभिन्न ठाउँहरूमा पनि आज 71औँ गणतन्त्र दिवस विविध रङ्गारङ्ग कार्यक्रमहरूको साथमा पालन गरियो। यस अवसरमा मार्च पास गरेर सलामी दिनको साथै तिरङ्गा झण्डा पनि फहराइयो। सिलगढीवासीहरूले गणतन्त्र दिवसको अवसरमा आज देशप्रतिको प्रेम एवम् भक्ति दर्शाइएको देखियो। यसैगरी, सिलगढीको विभिन्न वार्डहरूमा पनि विविध कार्यक्रमहरूको आयोजना गरेर गणतन्त्र दिवस पालन गरेको देखियो। यहीँ क्रममा नगरनिगमको वार्ड नम्बर 46 मा सञ्जय पाठकले झण्डा उत्तोलन गरेपछि सिलगढी विधानसभा कार्यकारी महिला अध्यक्ष मल्लिका देवनाथले नानीहरूलाई मिठाई वितरण गरे।


यस अवसरमा वार्डका अन्य नेताहरू पनि उपस्थित थिए। अर्कोतिर, सिलगढी नगरनिगमको 40 नम्बर वार्डस्थित डायमन्ड वृन्द क्लबमा राष्ट्रिय झण्डा फहराएपछि आवश्यकमन्दहरूलाई कम्बल वितरण गरियो। वार्ड पार्षद् सत्यजीत अधिकारी अनि क्लबका अध्यक्ष तपन रायको नेतृत्वमा यसको आयोजना गरिएको थियो।


यसरी नै सिलगढीका सबै सरकारी, गैर-सरकारी कार्यालयहरू, प्रतिष्ठानहरू, विद्यालयहरू तथा सामाजिक संघ-संगठन एवम् क्लबहरूमा पनि आज गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको थियो। यस अवसरमा कतिपय ठाउँहरूमा निःशुल्क स्वास्थ्य सेवा, रक्तदान साथै गरिब असहायहरूलाई कम्बल वितरण पनि गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *