सिलगढीको वार्ड नम्बर 43-मा तीन वटा परियोजनाको विधिवत्  उद्घाटन

सिलगढी: सिलगढी नगर निगमको वार्ड 43 स्थित प्रकाशनगरमा आज तीन वटा परियोजनाको सिलगढीका मेयर गौतम देव अनि एसजेडीए  चेयरम्यान सौरव चक्रवर्तीले उद्घाटन गरे। यस अवसरमा सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकार, वार्ड पार्षद तथा अन्य उपस्थित थिए। वार्ड नम्बर 43 को प्रकाशनगरमा आज एउटा कार्यक्रमबीच  सड़क, सीवरेज सिस्टम, भगत सिंह मार्केटमा रूफ टपको उद्घाटन गरियो। यी तीनै परियोजनाको काम लगभग अढ़ाई करोड़ रुपियाँको लागतमा बनिएको बताइएको छ। यस अवसरमा एसजेडीए चेयरम्यान  सौरव चक्रवर्तीले एसजेडीए मार्फत सिलगढीलाई विकासको पथमा अघि लैजानको लागि विभिन्न विकास मूलक कार्य राज्य सरकारको निर्देशानुसार शुरू गरिएको बताए। सिलगढीको नौकाघाट नजिक एउटा नयाँ बस स्ट्यान्ड बनाइने पनि तिनले जानकारी गराए। यसको साथै पार्किंङको मुख्य समस्यालाई पनि समाधान गरिने तिनले आश्वासन दिए। यसको साथै एसजेडीए  बोर्डले आर्थिक रूपमा कमजोर किरायको घरमा बस्ने मानिसहरूको लागि पनि गैर सरकारी संगठनहरूको सहयोगमा 422 वटा फ्लाट बनाउने पहल शुरू गरेको पनि तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *