सिलगढीको वार्ड नम्बर 18-मा वार्ड उत्सव ‘भोरेर आलो’ शुरू

सिलगढी: सिलगढीको 18 नम्बर वार्डमा आजदेखि वार्ड उत्सव भोरेर आलो शरू भएको छ। सिलगढी नगरनिगमका मेयर गौतम देव तथा डेपुटी मेयर रञ्जन सरकारको उपस्थितिमा वार्ड उत्सव भोरेर आलोको शुरूआत गरियो। यस अवसरमा आज एउटा रङ्गारङ्ग शोभायात्रा निकालिइयो। उक्त शोभायात्रामा मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद् दुलाल दत्त, मानिक दे, वार्ड काउन्सिलर सञ्जय शर्मा लगायत सिलगढीका विभिन्न वार्डका काउन्सिलर तथा अन्य उपस्थित थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *