सिलगढ़ीको युवक अपहरण गर्ने आरोपीलाई बिहारबाट पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले गत राति गोप्य अभियान चलाकर मधुबनी जिल्लाको फुलपरास गाउँबाट सिलगढ़ीबाट एकजना युवकलाई अपहरण गरेको आरोपमा गंगा प्रसाद यादव नाम गरेका  व्यक्तिलाई पक्राउ गऱ्यो। पक्रा परेका आरोपी मधुबनी जिल्लाको फुलपरास गाउँ निवासी रहेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 20 फरवरीको दिन प्रधान नगर थानामा 46 नम्बर वार्डको न्यू पोकाईजोतका पवित्र प्रसादले आफ्नो सानो भाई राजेश प्रसादलाई अपहरण गरेकोबारे लिखित अभियोग दर्ता गरेका थिए। यसपछि उक्त मामिलाको जाँच गर्दा गंगा प्रसाद यादव नाम गरेका व्यक्तिले काममा लगाई दिने प्रलोभन देखाएर राजेश प्रसाद यादवलाई बिहारमा बोलाएर अपहरण गरेपछि तिनका परिवारका सदस्यहरूलाई फिरौतीको मागमा धेरै रूपियाँ मागे। यसपछि पुलिसले सतर्कता अप्नाएर चलाएको अभियानमा राजेश प्रसादलाई सुरक्षित उद्धार गरेको छ। यसको साथै अपहरण गर्ने व्यक्तिलाई पनि पुलिसले पक्राउ गरेर सिलगढ़ी प्रधान नगर थानामा ल्याइ पुऱ्याए पछि आज सिलगढ़ी अदालतमा पेश गरियो। पुलिसले उक्त मामिलाको विस्तृत छानबीन गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *