सिलगढीलाई देशकै महत्वपूर्ण सहरको रूपमा दर्जा दिनुपर्ने गौतम देवको माग

सिलगढी : सिलगढीलाई देशको महत्वपूर्ण सहरको रूपमा दर्जा दिनुपर्ने सिलगढी नगरनिगमका मेयर गौतम देवले माग गरेका छन्। सिलगढीको मेयरको पदभार सम्हालेपछि गौतम देवले आज द्वितीय मासिक अधिवेसनको आयोजना गरे। उक्त अधिवेसनमा सिलगढी नगरनिगमका 47 जना काउन्सिलर उपस्थित थिए। यस अवसरमा तिनले विरोधी पार्टीलाई योग्य सम्मान दिएर तिनीहरूलाई साथमा लिएर कार्य गर्ने बताए। यसपछि पत्रकारसित कुराकानी गर्दै गौतम देवले भने, राज्य सरकारले सिलगढीलाई प्रमुखता दिएर कार्य गर्नेछ। सिलगढीको विकासको लागि सिलगढीलाई चाँडै देशको एउटा महत्वपूर्ण सहरको दर्जा प्रदान गरेर केन्द्र सरकारले विशेष आर्थिक प्याकेजको घोषणा गर्नुपर्ने तिनले माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *