सिलगढीलाई कोलकता कै शैलीमा सजाइने, मुख्यमन्त्रीको निर्देशमा देवलहरूमा सेतो रंग लगाउने कार्य शुरू

सिलगढी: सिलगढी सहरलाई पनि कोलकता कै शैलीमा सजाइने भएको छ भने यसलाई लिएर राज्य सरकारले मन्थन पनि शुरू गरिसकेको छ। सिलगढी नगर निगमको चुनाउ तृणमूल कङ्ग्रेसले जितेपछि मुख्यमन्त्री ममता ब्यानर्जीले यस प्रकारको योजना बनाएकी छन्। तिनले सिलगढी नगर निगमको भावी मेयर गौतम देवलाई पनि यसबारे निर्देश दिइसकेकी छन्। मुख्यमन्त्रीको निर्देश पछि गौतम देवले आज चुनाउ अवधि गरिएको रंग पचेरा साथै देवल लेखनमा सेतो चुना लगाउने कार्य शुरू गरेको छ। आज तिनले आफ्नो 33 नम्बर वार्डबाट उक्त पहल शुरू गरेका छन्। यसको साथै नगर निगमका सबै विजयी उम्मेद्वारहरूलाई पनि लेखिएको देवलमा सेतो चुना लगाउने निर्देश दिएका छन्। यस अवसरमा गौतम देवले भने, यसपल्ट सहरको हितलाई ध्यानमा राखेर पार्टीलाई मात्र नहेरेर सबैलाई सामेल गर्दै सिलगढीको दृश्य प्रदुर्षण मुक्त गरिनु पर्छ।  


 

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *