सिलगढीलाई पराजित गरेर रेड पान्डा सेमिफाइनलमा प्रवेश

तकदाह : छैटौँ तकदाह गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज खेलाइएको क्वार्टर फाइनल म्याचमा ट्राइब्रेकर मार्फत् करिश्मा एफसी सिलगढीलाई पराजित गरेर रेड पान्डा टोली सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयसम्म दुवै टोलीले दुई-दुई गोल गरेपछि अन्तमा खेलको छिनाफाना गर्नको निम्ति खेलाइएको ट्राइब्रेकरमा 3-2 गोलले रेड पान्डा विजयी बनेको छ। खेल शुरू भएको 47औँ मिनटमा करिश्मा एफसी-का नानाकोफी (जर्सी नम्बर 7)-ले पहिलो गोल गरे भने यसको लगभग 4 मिनटपछि फेरि रेड पान्डाकै खेलाडी सुरज तामाङले दोस्रो गोल गरेर टोलीलाई 2-0 गोलले बढ्त दिलाएका थिए। तर दोस्रो हाफको निर्धारित खेलमा रेड पान्डाका खेलाडी कुन्जामन थापा अनि युसुफ राईले गोल गरेर स्कोर 2-2 बराबरीमा पुर्‍याएका थिए। आउँदो 15 फरवरीको दिन दार्जिलिङ युनाइटेड बनाम ब्राइट एफसी सिलगढीमाझ जम्काभेट हुनेछ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *