सिलगढीलाई परिकल्पित सहर बनाउन राज्य सरकारले सहयोग नगरेको अशोक भट्टाचार्यको आरोप

सिलगढी : सिलगढी सहरलाई परिकल्पित सहर बनाउनको लागि वामफ्रन्ट सरकारले धेरैवटा परियोजनाहरूको शुरूआत गरेको छ। तीमध्ये सिलगढी सहरमा जामको समस्या लगायत खेलकुदलाई लिएर विशेष पहल गरेको बताइएको छ। तर वर्तमान राज्य सरकारले यसबारे कुनै सहयोग नगरेको वामफ्रन्टका शीर्ष नेता तथा सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले आरोप लगाएका छन्। आज सिलगढीमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तिनले यस प्रकारको मन्तव्य पोखेका हुन्। यस अवसरमा तिनले अझ भने, वामफ्रन्टको समयमा एसजेडीएले सिलगढी सहरमा विविध विकासमूलक परियोजनाहरू कार्यान्वित गरेका थिए तर वर्तमान सरकारले सिलगढी सहरलाई परिकल्पित सहर बनाउने क्षेत्रमा कुनै सहयोग गरेको छैन। यसैले वर्तमान राज्य सरकारले आफ्नो कार्यकालको मियाद शेष रहँदै सिलगढी सहरलाई परिकल्पित सहर बनाउने विषयमा पहल गरोस् भन्नेबारे राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई आफूद्वारा पत्राचार गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *