सिलगढीलाई ट्राफिक जामबाट मुक्त गर्न पुलिसद्वारा अभियान

सिलगढी : सिलगढी सहरलाई जाम मुक्त गर्ने उद्देश्य लिएर विभिन्न ट्राफिक गार्डहरूद्वारा आज अभियान चलाइयो। पानीट्याङ्की ट्राफिक गार्डको तर्फबाट आज दिउँसो हिलकार्ट रोड, हस्पिटल मोड़ इलाकामा अभियान चलाइयो। पुलिस तथा जङ्क्शन ट्राफिक गार्डले उक्त अभियान अवधि केही ठाउँबाट अतिक्रमणहरू हटाए। यसको साथै पुलिसको तर्फबाट सड़क तथा फुटपाथलाई सफा सुग्घर राख्नको लागि निरन्तर अभियान चलाइरहनेछ। यसबीच केही मानिसहरूले पुलिसको उक्त कार्वाहीलाई लिएर क्षोभ प्रकट गर्नको साथै अन्य ठाउँमा दोकानहरू थाप्न दिइने हकरहरूले माग पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *