सिलगढीमा धारिलो हतियाहरू सहित 6 जना बदमास पक्राउ

सिलगढी, 20 नोभेम्बर (निसं): आपराधिक घटनालाई अञ्जाम दिन अघि भक्तिनगर थाना पुलिसले 6 जना बदमासलाई पक्राउ गरेका छन्। पक्राउ परेका बदमासहरूको नाम बिट्टू साहा, गणेश चक्रवर्ती, खिरोज राय, तपन राय, प्रणय शेर्पा र तरवेज आलम रहेको छ।
पुलिस सूत्रले दिएको अनुसार अनुसार, रात समयमा केही बदमास सेभोक रोड क्षेत्रमा कुनै ठूलो घटनालाई अन्जाम दिनका लागि भेला भएका थिए। तर यसबारे गोप्य सूचना पाएपछि भक्तिनगर थानाको पेट्रोलिङ टोलीले अभियान चलाएर 6 जना बदमासलाई पक्राउ गरेको बताइएको छ।
पक्रा परेका बदमासहरूको छानबिन गर्दा पुलिसले एउटा देशी पिस्तोल, जिउँदो कारतूस अनि केही धारिलो हतियारहरू फेला परेका छन्। आज सबै बदमासहरूलाई जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले घटनाको विस्तृत जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomOnwincasibom girişcasibombaywingrandpashabet girişmeritking