सिलगढीमा स्वास्नीको हत्या गरेको आरोपमा लोग्नेलाई आजीवन कारावासको सजाय

सिलगढी, 14 नोभेम्बर: सिलगढी महकुमा अदालतको फस्ट ट्र्याक कोर्टले पत्नीको हत्या गरेको आरोपमा लोग्नेलाई दोषी ठहराउँदै उनलाई आजीवन कारावासको सजाय सुनाएको छ। यो घटना 2012 को 26 जूनको राति सिलगढीको डांगीपाडा कुम्हार टोलीमा घटेको हो, जहाँ गायत्री नायक एकजना महिलालाई धारिलो हतियारले हत्या गरिएको थियो। घटना पछि आरोपी लोग्ने नवीन नायक भागेका थिए। तर सिलगढी खालपाडा आउटपोस्ट पुलिसले अभियोगको आधारमा जाँच गर्दै तीन दिनपछि एनटीएस मोडबाट आरोपी लोग्ने नवीन नायकलाई पक्राउ गरेको थियो।
यसपछि सिलगढी महकुमा अदालतको फस्ट ट्र्याक कोर्टले गायत्री हत्याकाण्डको सुनुवाइ सुरु गरेपछि लगभग 12 वर्षसम्म अदालतमा सुनुवाइ चलेपछि सबै प्रमाण अनि 22 जना गवाहीको आधारमा अदालतले आरोपीलाई दोषी ठहराउँदै आजीवन कारावासको सजाय सुनाएको हो।
यसबारे सरकारी पक्षका वकिल समीरन सूत्रधरले भने, नवीन नायक पेशाले ड्राइभर थिए। उनले आफुभन्दा 10 वर्ष ठूलो गायत्री नायकसँग प्रेम विवाह गरेपछि उनीहरू डांगीपाडा कुम्हार टोलीमा एउटा भाडाको घरमा बस्दै आइरहेका थिए। तर 2012 को 26 जूनको राति लोग्ने नवीन नायकले योजनाबद्ध तरिकाले आफ्नो सुतिरहेको पत्नी गायत्री नायकको हत्या गरेर भागेका थिए। लामो समयसम्म अदालतमा सुनुवाइ भएपछि आज अदालतले आरोपी विरुद्ध फसेला सुनाउँदै लोग्ने नवीन नायकलाई आजीवन कारावासको सजाय सुनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminginterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes