सिलगढीमा 10 किलो गाँजासहित 2 पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटनको पानीट्याङ्की पुलिसले गत राति अभियान चलाएर एयरभ्यू मोडबाट 10 किलोग्राम गाँजा सहित 2 जनालाई पक्राउ गरिएको छ। पुलिस सूत्रबाट प्राप्त जानकारीअनुसार यी पक्रा पर्ने निमाई बारोई र बलराम मण्डल कुचबिहार निवासी हुन् भने तिनीहरूले 10 किलो गाँजा तस्करी गर्नको लागि कुचबिहारबाट सिलगढी ल्याएका थिए। तर पानीट्याङ्की आउटपोस्टले गोप्य सूचना पाएर अभियान चलाउँदा अबेर राति एयरभ्यू मोडबाट यी 2 जनालाई सन्देहमा छानबीन गर्दा तिनीहरूको झोलाबाट गाँजा उद्धार गरेको साथै तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। पुलिसले दुवै आरोपी विरुद्ध एनबीटीएस एक्ट मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *